काठमाडौँ । चीनसँगको मूख्य व्यापारीक नाका तातोपानी मंगलबार दिउँसोबाट सञ्चालनमा आउने भएको छ । तातोपानी भन्सार कार्यालयका सुचना अधिकारी रमेश बहादुर शाहका अनुसार ट्रयाक खोल्ने काम सकिएकोले दिउँसोसम्म नाका सञ्चालनमा आउने भएको हो ।
दशैं नजिकिदै गर्दा मूख्य व्यापारी नाका बन्द हुँदा मूल्य वृद्धि र सामान अभावको चिन्ता बढेको थियो । नेपालीहरुको महान चाड दशैं नजिकिँदै गर्दा चीनबाट सामान बोकेर आएका सायौँ कन्टेनर सिमानामा रोकिएका छन् । जसले गर्दा सरकारले ठुलो मात्रामा राजस्व गुमाउने देखिएको छ ।
यसअघि नाका सञ्चालनमा आउने सम्भावना नदेखिएपछि कुहिने खालको फलफुल बोकेर ल्याएको थियो । दशैंको लागि समान बोकेर आएका कन्टेनरहरु बाटो अवरुद्ध हुँदा चनतर्फ करिब ३५ किलोमिटर लामो लाइन रहेको छ ।
अहिले फलफुल, कपडा, खाद्यान्न, तिहारमा लगाइने झिलिमिलि बत्ती बोकेर आएका १ हजार ४ सय कन्टेनर ल्हासामा रोकिएर रहेका छन् ।
अरनिको राजमार्ग अन्तर्गत भोटेकोशी गाउँपालिका–२ स्थित इको पहिरो क्षेत्रमा साउन १७ गते राति खसेको भीषण पहिरोले सडक भासिएको थियो । पहिरोका कारण नेपाल–चीन प्रमुख व्यापारिक नाका तातोपानी ठप्प भएको थियो । नाका अहिले पूर्ण रुपमा बन्द अवस्थामा रहेको छ । दुई महिनादेखि बाटो बन्द रहेको छ । भदौ महिनामा जम्मा तिन दिनमात्र बाटो खुलेको तातापानी भन्सार कार्यालयले जनाएको छ ।










प्रतिक्रिया