सुनचाँदीको मूल्यमा आज पनि नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । अघिल्लो दिन पनि कीर्तिमान कायम भएको सुनको मूल्य आज पनि फेरि कीर्तिमान कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला सुनको मूल्य २ लाख २३ हजार रुपैयाँमा कायम भएको छ । उक्त मूल्य हालसम्मकै उच्च मूल्य हो । मंगलबार प्रतितोला सुनको मूल्य २ लाख २१ हजार ७०० रुपैयाँ कायम भएको थियो ।

यसैगरी, मंगलबार चाँदी तोलामा २० रुपैयाँले बढेसँगै रेकर्ड कायम भएको छ । बुधबार चाँदी प्रतितोला २ हजार ७०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार प्रतितोला चाँदी २ हजार ६८० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ७७१.३५ अमेरिकी डलर र चाँदी ४४.१६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ८ आश्विन २०८२, बुधबार  ११ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।