मञ्जुश्री फाइनान्सद्वारा १५ प्रतिशत लाभांश दिने घोषणा


काठमाडौं । मञ्जुश्री फाइनान्सको लाभांश घोषणा भएको छ । कम्पनीले आफ्ना सेयरधनीलाई गत वर्षको नाफाबाट दिने लाभांश घोषणा गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) दिने घोषणा गरेको हो ।

कम्पनीको असोज ७ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को संचित मुनाफा तथा वित्तीय विवरणको आधारमा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

 

प्रकाशित मिति: ८ आश्विन २०८२, बुधबार  १३ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।