वालेटमा दिनमा ४० पटकसम्म रकम जम्मा गर्न पाइने


काठमाडौँ । दशैं अवधिभर मोबाइल वालेटमा दिनमा ४० पटक रकम जम्मा गर्न मिल्ने भएको छ । नेपाल राष्ट्र बैंकले एक सूचना निकालेर चाडपर्वलाई लक्षित गर्दै भुक्तानी सेवा प्रदायकहरुले वालेटमा जम्मा गर्ने रकमको सीमा संख्या बढाएको हो ।

हालसम्म इसेवा, खल्ती, माइपेलगायत वालेटमा एक दिनमा १० पटकसम्म मात्र जम्मा गर्न पाइन्छ । तर, दशैं, तिहार र छठ पर्वको अवसरमा यो सुविधा बढाइएको हो ।

तर यो सुविधा सिमित अवधिको लागि मात्रै रहेको छ । बडा दशैंको अवसरमा असोज १३ गतेदेखि २१ गतेसम्म र दिपावली तथा छट पर्वको अवसरमा कार्तिक ३ गतेदेखि १० गतेसम्म मात्र वालेटमा दिनमा ४० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति: १० आश्विन २०८२, शुक्रबार  ११ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।