तीन ठाउँको सडक पूर्ण रूपमा अवरूद्ध


काठमाडौं । नेपाल प्रहरीले दुइटा राजमार्गकाे तीन स्थान अहिले पनि अवरूद्ध अवस्थामा रहेको जनाएको छ।

नेपाल प्रहरीले बुधबारसम्मको अद्यावधिक विवरण राख्दै कोशी र रसुवाको नेपाल–चीन जोड्ने राजमार्ग पूर्ण रूपमा अवरूद्ध रहेको जनाएको हो।

नेपाल प्रहरीले जनाएअनुसार संखुवासभाको भोटखोला गाउँपालिका–४ बरूणमा कोशी राजमार्ग अवरूद्ध छ।

त्यस्तै संखुवासभाकै मकालु गाउँपालिका–३ एकुवामा कोशी राजमार्ग अवरूद्ध छ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ मा नेपाल–चीन जोड्ने पुल पूर्ण रूपम अवरूद्ध छ।

यता नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा अहिले निर्बाध सवारी साधन सञ्चालनमा रहेको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ। त्यहाँ मंगलबार साँझ अवरूद्ध रहे पनि साँझ नै उपकरण प्रयोग गरी पहिरो पन्छाइएको थियो।

 

प्रकाशित मिति: १५ आश्विन २०८२, बुधबार  ०९ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।