मनकामना केबलकार आजदेखि तीन दिन बन्द


चितवन । मनकामना केबलकार आजदेखि तीन दिन बन्द गरिने भएको छ ।

आजदेखि १७ गतेसम्म केबलकार सेवा बन्द गर्न लागिएको हो । असोज १८ गतेदेखि पुनःनियमित सेवा सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।

गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित मनकामना माई मन्दिर जाने दर्शनार्थीको सहजताका लागि मनकामना केबलकार सञ्चालन भइरहेको छ ।

प्रकाशित मिति: १५ आश्विन २०८२, बुधबार  १३ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।