सोमबार यी ठाउँका सडक पूर्णरुपमा अवरुद्ध


काठमाडौं । बाढीपहिरोका कारण कोशी र बागमती प्रदेशका १९ ठाउँमा सडक पूर्णरुपमा अवरुद्ध भएका छन् । कोशीमा ८ र बागमतीमा ११ ठाउँमा सडक अवरुद्ध भएका हुन् ।

कोशीमा कोशी राजमार्ग, सिद्धीचरण राजमार्ग, मध्पहाडी लोकमार्ग, मेची राजमार्गका विभिन्न स्थानमा पहिरोले सडक अवरुद्ध छ ।

यसैगरी बागमती प्रदेशमा पासाङ ल्हामु सडक, अरनिको राजमार्ग, बीपी राजमार्ग, कान्ति लोकपथ, मदन भण्डारी राजमार्ग, मध्यपहाडी लोकमार्गहरु बन्द छन् । यसैगरी नेपाल–चीन जोड्ने सीमा सडक, कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौं सडक खण्ड पनि पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २० आश्विन २०८२, सोमबार  ०९ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।