तोलामा १० हजार रुपैयाँले बढ्यो सुनको भाउ


काठमाडौं । दशैंपछिको पहिलो कारोबार दिन सुनको भाउ तोलामा करिब १० हजार रुपैयाँ बढेको छ । नेपाली बजारमा दशैंका कारण केही दिन मूल्य समायोजन नभएको कारण यति धेरै बढेको हो ।

दशैंपछि एकैपटक समायोजन हुँदा मूल्यमा उच्च वृद्धि देखिएको व्यवसायीहरु बताउँछन् । दशैंअघि असोज १२ गते सुनको भाउ प्रतितोला २ लाख २३ हजार २ सय रुपैयाँ रहेकोमा अहिले ९ हजार ९ सय रुपैयाँ बढेर आज सोमबार २ लाख ३३ हजार १ सय रुपैयाँ पुगेको छ ।

अघिल्लो दिन २ लाख ३० हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । सुनको आजको मूल्य हालसम्मकै उच्च हो ।

चाँदी दशैंपछि प्रतितोला १५० रुपैयाँ बढेको छ । असोज १२ गते प्रतितोला २ हजार ८१० रुपैयाँमा कारोबार भएको चाँदी आज सोमबार २ हजार ९६० रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा आज ३० रुपैयाँले चाँदी बढेको हो ।

प्रकाशित मिति: २० आश्विन २०८२, सोमबार  ११ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।