काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा बढ्दो तरलता नियन्त्रण गर्न आज बजारबाट ९० अर्ब रुपैयाँ संकलन गर्ने भएको छ ।
अधिक तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंक तथा वित्तीय संस्थाबाट सो रकम उठाउने तयारी गरेको हो ।
यसका लागि मंगलबार दिउँसो ३ बजे बोलकबोल प्रक्रिया सञ्चालन हुने राष्ट्र बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकका अनुसार यो निक्षेप संकलन कार्यक्रममा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन् ।
निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ करोडको गुणकमा प्रस्ताव पेश गर्न सक्नेछन् । बोलकबोल ब्याजदरका आधारमा हुने र बहुब्याजदर प्रणालीमा पनि सहभागी हुन सकिने व्यवस्था गरिएको छ ।












प्रतिक्रिया