सुनको मूल्य पुनः हालसम्मकै उच्च विन्दुमा, एकैदिन प्रतितोला २६ सयले बढ्यो


काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बुधबार सुन तोलामा २ हजार ६०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला सुनको मूल्य २ लाख ३८ हजार रुपैयाँ कायम भएको छ । मंगलबार प्रतितोला सुनको मूल्य २ लाख ३५ हजार ४०० रुपैयाँ कायम भएको थियो ।

यसैगरी, बुधबार चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ । बुधबार चाँदी प्रतितोला २ हजार ९५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार प्रतितोला चाँदी २ हजार ९६० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ०२५.३४ अमेरिकी डलर र चाँदी ४८.५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २२ आश्विन २०८२, बुधबार  १० : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।