सिद्धार्थ बैंकको लाभांश घोषणा


काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले १०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बैंकको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर तिर्न समेतका लागि ५.५३ प्रतिशत नगद लाभांश बाँड्ने निर्णय गरेको हो।

बैंकको हाल चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार रुपैयाँ रहेको छ। उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको अब हुने साधारणसभाले पारित गरेपछि शेयरधनीमा वितरण हुनेछ।

प्रकाशित मिति: २२ आश्विन २०८२, बुधबार  ११ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।