दुई मनि चेन्जरको इजाजतपत्र रद्द


काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई मनि चेन्जर कम्पनीको इजाजतपत्र रद्द गरेको छ ।

राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले काठमाडौंको मित्रनगरमा रहेको युनियन करेन्सी एक्सचेन्ज र ठमेलमा रहेको केटीए. ओम मनी एक्सचेन्जको इजाजतपत्र रद्द गरेको हो ।

दुवै कम्पनीले तोकिएको समयमा नवीकरण नगरेका कारण इजाजतपत्र खारेज गरिएको राष्ट्र बैंकले जनाएको छ ।

‘नेपाल राष्ट्र बैंक मनि चेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधन सहित) को विनियम १९ को उपविनियम (३) मा भएको व्यवस्था बमोजिम म्याद समाप्त भएको मितिले तीन महिनाभित्र नवीकरण नगर्ने मनी चेन्जरहरूको इजाजतपत्र रद्द गर्ने व्यवस्था अनुसार २ कम्पनीको इजाजतपत्र रद्द गरीएको छ,’ राष्ट्र बैंकले सूचनामा भनेको छ ।

 

प्रकाशित मिति: २४ आश्विन २०८२, शुक्रबार  ०९ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।