काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । शुक्रबार सुन तोलामा ४ हजार २०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला सुनको मूल्य २ लाख ३५ हजार रुपैयाँ कायम भएको छ । बिहीबार प्रतितोला सुनको मूल्य २ लाख ३९ हजार २०० रुपैयाँ कायम भएको थियो । जुन हालसम्मकै उच्च मूल्य हो ।
यसैगरी, शुक्रबार चाँदीको मूल्य भने तोलामा ६० रुपैयाँले बढेर उच्च मूल्य कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला ३ हजार ८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार प्रतितोला चाँदी ३ हजार २५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ९७०.८६ अमेरिकी डलर र चाँदी ४९.०६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया