ग्लोबल आइएमई बैंकले घोषणा गर्यो नगद लाभांश


काठमाडौँ । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने घोषणा गरेको हो।

यही असोज २५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई वार्षिक साधारण सभाले पारित गरेपछि लाभांश वितरण गरिनेछ।

प्रकाशित मिति: २६ आश्विन २०८२, आइतबार  १० : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।