काठमाडौँ । नेपाली बजारमा सुनको भाउ साढे दुई लाख नजिक पुगेको छ । आज मंगलबार एकैदिन ८ हजार १०० रुपैयाँले बढेसँगै सुनको भाउ साढे दुई लाख नजिक पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला सुनको मूल्य २ लाख ४८ हजार ५०० रुपैयाँ कायम भएको छ । जुन हालसम्मकै उच्च मूल्य हो । सोमबार सुन प्रतितोला २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, मंगलबार चाँदीको मूल्य तोलामा १०५ रुपैयाँले बढेको छ । मंगलबार चाँदी प्रतितोला ३ हजार ३२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । जुन हालसम्मकै उच्च मूल्य हो । सोमबार प्रतितोला चाँदी ३ हजार २२० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार १७५.४५ अमेरिकी डलर र चाँदी ५३.४२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया