तिहारको अवसरमा भोलिदेखि १८ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी


काठमाडौँ । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान)ले ‘१८ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८२’ आयोजना गरेको छ ।
फ्यानले तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराको साथ १८ औं सस्कंरणको रूपमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी गर्न लागेको हो ।

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी भोलि २९ गतेदेखि कात्तिक २ गतेसम्म (पाँच दिन) ललितपुरको जावलाखेल खेल मैदानमा हुने फ्यानले जनाएको छ ।

फ्यानले पुष्प व्यवसायको व्यवसायीक विकास विस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्यले वि.स. २०५१ सालदेखि पुष्प मेला÷प्रदर्शनीको आयोजना गर्दै आएको छ ।

नेपालीहरुको महान चाड तिहार पर्व नजिकीदैँ गर्दा घर आँगन बगैँचा सजाउन तथा स्वागत सत्कारमा विशेष प्रयोग हुने फूलको सहज उपलब्धता गराउन, गोदावरी फूलको व्यवसायीक प्रवद्र्धन गर्न, समय अनुकूल पुष्पको जातिय विकास एवं गुणस्तरिय उत्पादनमा सहयोग पुर्याउनका लागि यस किसिमका कार्यक्रमहरु आयोजना गर्ने गरेको जनाएको छ ।

प्रकाशित मिति: २८ आश्विन २०८२, मंगलबार  १५ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।