काठमाडौँ । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ । बिहीबार सुन तोलामा २ हजार रुपैयाँले बढेर साढे २ लाख माथि पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला सुनको मूल्य २ लाख ५० हजार ९०० रुपैयाँ कायम भएको छ । जुन हालसम्मकै उच्च मूल्य हो । बुधबार सुन प्रतितोला २ लाख ४८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, बिहीबार चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ । बिहीबार चाँदी प्रतितोला ३ हजार २७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार प्रतितोला चाँदी ३ हजार २४० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार २३३.४१ अमेरिकी डलर र चाँदी ५३.०८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया