काठमाडौं । नेपालको लोकप्रिय राइड-सेयरिङ एप इनड्राइभले हालै आफ्नो ‘राइड मोर, विन मोर’ अभियान अन्तर्गतका भाग्यमानी विजेताहरूलाई पुरस्कार वितरण गरेको छ।
कार्यक्रममा भाग्यमानी १० ग्राहकलाई इलेक्ट्रीक स्कुटर र ३० जनालाई स्मार्ट वाच पुरस्कार स्वरुप वितरण गरेको हो ।
संस्थाले यात्रुहरूले इन्ड्राइभ प्रयोग गरी एपको सफलतामा पुर्याएको महत्त्वपूर्ण योगदानको कदर गर्दै यात्रुहरुलाई उक्त पुरस्कारले सम्मान गरेको जनाएको छ।
यो गिभअवे आफ्ना ग्राहकहरुको विश्वासको कदर गर्नका लागि गरिएको इन्ड्राइभ नेपालकी चालक सञ्चालक विशेषज्ञ सुनिता जेमि राईले बताइन् ।
यस्तै, इन्ड्राइभले आफ्ना यात्रु र चालकहरुको सुरक्षालाई मध्येनजर गर्दै प्रत्यकलाई ८ लाख रुपैयाँको बीमा सेवा उपलब्ध गराउने भएको छ ।












प्रतिक्रिया