काठमाडौँ । फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा हिजो (असोज २९ गते) देखि सुरू भएको मेलामा पहिलो दिन ७ हजार २ सय जनाले अवलोकन गर्नुको साथै १९ लाख ७५ हजारको कारोबार भएको एसोसिएसनले जनाएको छ ।
ललितपुरको जावलाखेल मैदानमा जारी १८ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको दोस्रो दिनसम्म १४ हजार ७ सय जनाले अवलोकन गरेका छन् ।
दुई दिनमा ४४ लाखको कारोबार भएको जनाइएको छ । दोस्रो दिन अर्थात आज ७ हजार ५ सय जनाले अवलोकन गर्दा २४ लाख ७५ हजार रुपैयाँ बराबरको
कारोबार भएको एसोसिएसनले जानकारी दिएको छ ।
पाँच दिनसम्म चल्ने मेलामा ४० हजार बढीले प्रत्यक्ष अवलोकन तथा एक करोड तीस लाख भन्दा बढीको व्यवसायीक कारोबार हुने आयोजकको प्रक्षेपण रहेको जनाएको छ ।
पुष्प व्यवसाय प्रवर्धनका सम्वन्धमा समय अनुकूल पुष्पको जातिय विकास एवं गुणास्तरिय उत्पादनमा सहयोग पु¥याउनका लागि प्रदर्शनी आयोजना गरिएको हो ।
नजिकै आइरहेको तिहार पर्व तथा छट पर्वलाई समेत लक्षित गरी गोदावरी पुष्प मेला तथा प्रदर्शनी गरिएको फ्लोरीकल्चर एसोसिएसन नेपालले बताए ।












प्रतिक्रिया