आरम्भ चौतारी लघुवित्त र प्रभु बैंक बीच विशेष छुट सम्झौता


काठमाडौँ । आरम्भ चौतारी लघुवित्त वित्तिया संस्था लिमिटेड र प्रभु बैंक लिमिटेड बीच आरम्भ चौतारी लघुवित्त वित्तिया संस्था लिमिटेडका कार्यरत कर्मचारीहरुलाई सुविधा सम्पन्न सेवा उपलब्ध गराउने सम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको छ ।

आरम्भ चौतारी लघुवित्त वित्तिया संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिव प्रसाद ज्ञवाली र प्रभु बैंक लिमिटेडका तर्फबाट लेख बहादुर पुनले उत्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । यो सम्झौता पश्चात आरम्भ चौतारी लघुवित्त वित्तिया संस्था लिमिटेड मा कार्यरत कर्मचारीहरुले उत्कृष्ट बैकिंङ् सेवा प्रयोग गर्नेछन् भन्ने विश्वास प्रभु बैंकलाई रहेको छ ।

त्यसैगरी,ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा “बैंक अफ द इयर २०२३, प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डको साथै हालसालै युरो मनी अवार्ड– नेपाल बेस्ट डिजिटल बैंक फर एसएमईको –२०२५ अवार्डको रुपमा सम्मानित प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

प्रकाशित मिति: ३१ आश्विन २०८२, शुक्रबार  १० : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।