सुनको मूल्य एकैदिन ७ हजार १०० रुपैयाँले बढ्यो


काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक विन्दुमा पुगेको छ । शुक्रबार एकैदिन सुनको मूल्य तोलामा ७ हजार १०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला सुनको मूल्य २ लाख ५८ हजार रुपैयाँ कायम भएको छ । जुन हालसम्मकै उच्च मूल्य हो । बिहीबार सुन प्रतितोला २ लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, शुक्रबार चाँदीको मूल्य तोलामा ७५ रुपैयाँले बढेर हाल सम्मकै उच्च मूल्यमा पुगेको छ । शुक्रबार चाँदी प्रतितोला ३ हजार ३५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार प्रतितोला चाँदी ३ हजार २७५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ३६३.९ अमेरिकी डलर र चाँदी ५४.४५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ३१ आश्विन २०८२, शुक्रबार  ११ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।