निरन्तर रेकर्ड बनाइरहेको सुनको मूल्य घट्यो


काठमाडौँ । केही समययता निरन्तर बढेर उच्च रेकर्ड बनाइरहेको सुनको मूल्य आज आइतबार भने घटेको छ । साताको पछिल्लो कारोबार दिन आइतबार सुन तोलामा ४ हजार ८०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला सुनको मूल्य २ लाख ५३ हजार २०० रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला २ लाख ५८ हजार रुपैयाँमा कारोबार भएको थियो । जुन हालसम्मकै उच्च मूल्य हो ।

यसैगरी, आइतबार चाँदीको मूल्य तोलामा ७५ रुपैयाँले घटेको छ । आइतबार चाँदी प्रतितोला ३ हजार २७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार प्रतितोला चाँदी ३ हजार ३५० रुपैयाँमा खरिदबिक्री भएको थियो । जुन हालसम्मकै उच्च मूल्य हो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार २४९.९४ अमेरिकी डलर र चाँदी ५१.९१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २ कार्तिक २०८२, आइतबार  ११ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।