सरकारको शेयर स्वामित्वलाई सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको नाममा अभौतिकीकरण गरिने


काठमाडौँ । नेपाल सरकारको शेयर स्वामित्वलाई सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको नाममा अभौतिकीकरण गरिने भएको छ ।

सरकारले ‘सार्वजनिक संस्थानको व्यवस्थापन तथा सुशासन नीति २०८२’ गर्दै सार्वजनिक संस्थानको सेवा प्रवाहलाई प्रविधिमा अधारितर एकीकृत बनाउने उद्देश्यले अभौतिकीकरण गर्ने निति ल्याएको हो ।

यस्तै, संस्थानद्वारा उपलब्ध हुने वस्तु तथा सेवाको विस्तृत जानकारी विद्युतीय माध्यमबाट सार्वजनिक रूपमा उपलब्ध गराउने व्यवस्था गरिने छ ।

संस्थानको आर्थिक कारोवारलाई पूर्णतः विद्युतीय बनाइनुका साथै संस्थानको डिजिटल प्रणालीको नियमित परिक्षण गर्ने र सुधार गर्ने व्यवस्था अनिवार्य गरिने निति सरकारले लिएको छ ।

प्रकाशित मिति: ११ कार्तिक २०८२, मंगलबार  १२ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।