एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न


काठमाडौँ। एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा मिति २०८२ साल कात्तिक १२ गते सम्पन्न भएको छ । सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन प्रस्तुत गरिनुका साथै सो प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिएको छ ।

सभाले शेयरधनीहरूलाई ६५ प्रतिशत बोनस शेयर र १४.५ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने बैंकको प्रस्ताव अनुमोदन गरेको छ । यससँगै बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि जिपी राजवाहक एण्ड कम्पनीलाई लेखापरीक्षकमा पुनः नियुक्त गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

एभरेष्ट बैंकले आफ्नो स्थापनाकालदेखि नै उत्कृष्ट सेवा, प्रविधिमैत्री प्रणाली र ग्राहकमैत्री बैंकिङ प्रविधिका माध्यमबाट देशभरका ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । हाल बैंकका देशभरका शाखा, एटीएम तथा एक्स्टेन्सन काउण्टरमार्फत आधुनिक बैंकिङ सेवा उपलब्ध गराइँदै आएको बैंकले जनाएको छ ।

प्रकाशित मिति: १३ कार्तिक २०८२, बिहिबार  १२ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।