काठमाडौँ । मन्त्रिपरिषद् बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सेवा सुविधा घटाउने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले उक्त निर्णय गरेको बताए ।
यस्तै, सरकारले राष्ट्रपति रामचन्द्र पौडेल नेतृत्वको प्रतिनिधि मण्डलको कतार भ्रमण स्वीकृत गरेको छ । कात्तिक १७ गतेदेखि २० गतेसम्म कतारमा हुने ‘सेकेन्ड वल्र्ड समिट फर सोसल डेभलपमेन्ट’मा राष्ट्रपति पौडेल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ ।
यस्तै, बैठकले राष्ट्रिय सभा सदस्यको रिक्त पद पूर्तिका लागि माघ ११ गते आइतबार निर्वाचनको मिति तोक्ने निर्णय गरेको छ ।












प्रतिक्रिया