एनआईसी एशिया बैंकका ग्राहकहरुलाई देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्स्टिच्युटमा उपचारमा छुट


काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्स्टिच्युटमा उपचार गर्दा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा अस्पताल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै बैंकका ग्राहकहरुले देवदह, रुपन्देहीमा रहेको उक्त अस्पतालमा सेवा लिई डिजिटल भुक्तानी गर्दा ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकका ग्राहकहरुले अस्पतालमा सेवा लिँदा ओपिडी टिकेटमा ५० प्रतिशत, नर्मल बेड चार्जमा २५ प्रतिशत, आइसीयू/एनआइसीयू/पि आइसीयू/सीसीयूमा १० प्रतिशत, सर्जीकलमा १५ प्रतिशत, प्याथोलोजी ल्याब चार्जमा १५ प्रतिशत, रेडियोलोजीकल सर्भिसमा १५ प्रतिशत (सीटी र एमआरआइ बाहेक) र अन्य सेवाहरुमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नेछन् ।

यस सुविधाको उपयोग गर्न ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ । उक्त अस्पतालसँगको यस सहकार्यले ग्राहकहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रकाशित मिति: १४ कार्तिक २०८२, शुक्रबार  १७ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।