सामाजिक सुरक्षा कोषमा ९४ अर्ब रुपैयाँ जम्मा


काठमाडौँ । सामाजिक सुरक्षा कोषमा हालसम्म कूल ९४ अर्ब ९ करोड १ लाख ७९ हजार रुपैयाँ बराबरको रकम जम्मा भएको छ । कोषले १७ अर्ब २९ करोड ३० लाख ५१ हजार रुपैयाँ बराबरको रकम योगदानकर्तालाई भुक्तानी समेत गरेको छ ।

कोषमा कूल २५ लाख ९२ हजार १ सय ४१ जना सूचीकृत योगदानकर्ताका रुपमा समावेश भएका छन् । कोषमा २२ हजार १ सय २५ सूचीकृत रोजगारदाता रहेका छन् । रोजगारदातालाई क्रमशः सूचीकृत गराउन कोषले आवश्यक पहल समेत गरिरहेको जनाएको छ ।

कोषमा औषधी उपचार, स्वास्थ्य तथा मातृत्व दावी रकम २ अर्ब ४२ करोड ५० लाख ८१ हजार रुपैयाँ रहेको छ । यस्तै, दुर्घटना तथा अशक्तता सुरक्षा दावी रकम २२ करोड ३१ लाख ६३ हजार रुपैयाँ, आश्रित परिवार सुरक्षा दावी रकम २८ करोड ३५ लाख ९७ हजार रुपैयाँ र अवकाश दावी रकम १४ अर्ब ३६ करोड १२ लाख ८ हजार रुपैयाँ रहेको छ ।

प्रकाशित मिति: १६ कार्तिक २०८२, आइतबार  ०६ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।