तोलामा ७०० रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार स्थानीय बजारमा सुनको मूल्य बढेको छ । आइतबार सुन तोलामा ७०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला २ लाख ३९ हजार ७०० रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला २ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ । आइतबार चाँदी तोलामा ५ रुपैयाँले घटेको हो ।

आइतबार चाँदी प्रतितोला ३ हजार ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ३ हजार ६० रुपैयाँमा किनबेच भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ००२.९३ अमेरिकी डलर र चाँदी ४८.६८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १६ कार्तिक २०८२, आइतबार  १० : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।