काठमाडौँ । तेह्रथुम पावर कम्पनी लिमिटेडले नाफा २२.१९ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ५ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.१९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार विद्युत बिक्री आम्दानी सामान्य घटेपनि वित्तीय खर्च घटेका कारण कम्पनीको खुद नाफा बढ्न पुगेको हो ।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ०.५० प्रतिशतले घटेर ८ करोड २३ लाख रुपैयाँमा सीमित भएको छ। त्यस्तै, कम्पनीको कुल नाफा ०.८२ प्रतिशतले घटेर ६ करोड ७७ लाख रुपैयाँ र कम्पनीको वित्तीय खर्च ५१.५८ प्रतिशतले घटेर १ करोड ३ लाख ८ हजार रुपैयाँमा सिमित भएको छ।
यता, बैंकको सञ्चालन मुनाफा १.१४ प्रतिशतले घटेर ६ करोड ६५ लाख ५६ हजार रुपैयाँमा खुम्चिएको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ९१ पैसा घटेर २८ रुपैयाँ १२ पैसामा सीमित भएको छ। पहिलो त्रैमासको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९९ रुपैयाँ ६१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ९.९९ गुणा रहेको छ।
कम्पनीको चुक्ता पूँजी ८० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३१ लाख रुपैयाँ ऋणात्मक रहेको छ।












प्रतिक्रिया