नेप्सेका कामु डिसिईओ फुयाँलले दिए राजीनामा


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नप्सेका कायम मुकाय नायब प्रमुख अधिकृत निरन्जन फुयाँलले राजीनामा दिएका छन् ।

फुँयालले १० असोजमै राजीनामा दिएको खुल्न आएको छ । उनले नेप्सेमा विभिन्न भुमिकामा १८ वर्ष बिताएका छन् । उनको राजीनामा पछि नै नेप्सेका कर्मचारीहरुले सिईओ चुडामणि चापागाईँ र अध्यक्ष हेमन्त बस्याल बिरुद्ध आन्दोलन चर्काएका थिए ।

निजी क्षेत्रको कम्पनी एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको प्रमुख कार्यकारी अधिकृत बन्न नेप्सेको कामु उपप्रमुख कार्यकारी अधिकृतबाट फुयाँलले राजीनामा दिएका हुन् ।

यसअघि एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको प्रमुख कार्यकारी अधिकृत हेमन्त बस्याल थिए । उनलाई तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले नेप्सेको अध्यक्ष नियुक्त गरेका थिए ।

प्रकाशित मिति: १७ कार्तिक २०८२, सोमबार  १३ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।