काठमाडौँ । गरिमा विकास बैंकको शेयरमूल्य समायोजन भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
यस दिन नेप्सेले बैंकको ६ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजन पश्चात बैंकको शेयरमूल्य ३९३ रुपैयाँ ४० पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो।
अघिल्लो कारोबार दिन अर्थात सोमबार, दोस्रो बजारमा बैंकको शेयर प्रतिकित्ता ४१७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। समायोजित मूल्यलाई आधार मानेर आजको बजारमा बैंकको शेयर कारोबार खुल्नेछ ।












प्रतिक्रिया