सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबार सुन तोलामा १ हजार ४०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला सुनको मूल्य २ लाख ३८ हजार ३०० रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला २ लाख ३९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, मंगलबार चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले घटेको छ । मंगलबार चाँदी प्रतितोला ३ हजार १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार प्रतितोला चाँदी ३ हजार ६० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ९८३.१२ अमेरिकी डलर र चाँदी ४८.०५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १८ कार्तिक २०८२, मंगलबार  ११ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।