सेयर बजारमा लगातार करेक्सन, कारोबार रकम ५ अर्ब


काठमाडौं । सेयर बजारमा लगातार दास्रो दिन पनि करेक्सन आएको छ । मंगलबार नेप्से २७.६४ अंकले घटेर २५९५.२४ अंकमा पुगेको छ ।

मंगलरबार ४६ हजार ८७५ पटकको कारोबारमा १ करोड ३ लाख ४३ हजार ८९८ कित्ता सेयरहरु ५ अर्ब १५ करोड ७ लाख ६८ हजार रुपैयाँमा किनबेच भएको छन् ।

सोमबार नेप्से ८.२४ अंकले घटेर २६२२.८९ अंकमा पुग्दा कारोबार रकम ६ अर्ब ५ करोड २२ लाख २६ हजार रुपैयाँ पुगेको थियो । यो साताको कारोबारको पहिलोे दिन आइतबार नेप्से ३०.७५ अंकले बढेर २६३१.१४ अंकमा पुग्दा कारोबार रकम ९ अर्ब २० करोड ३१ लाख ४६ हजार रुपैयाँ पुगेको थियो ।

मंगलबार सबै उपसुचकमा गिरावट आउँदा सबैभन्दा बढी वित्त समूह २.२१ प्रतिशतले घटेको छ । अन्य समूह १.८१ प्रतिशत, विकास बैंक समूह १.४७ प्रतिशत, जीवन बीमा समूह १.४४ प्रतिशत, जलविद्युत समूह र निर्जीवन बीमा समूह १.२१ प्रतिशतले घटेका छन् ।

समग्र बजारमा गिरावट आउँदा पनि मबिलुङ इनर्जी र फ्रस्ट माइक्रो फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ । विध्यवासिनी हाइड्रोपावरको सेयर मूल्य ६.३८ प्रतिशतले बढेको बजारमा सम्पदा लघुवित्तको सेयर मूल्य ५.५४ प्रतिशतले र अभियान लघुवित्तको सेयर मूल्य ५.०१ प्रतिशतले बढेको छ ।

यता, मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ । एक्सेल विकास बैंकको सेयर मूल्य ७.०९ प्रतिशत, पञ्चकन्या माई हाइड्रोपावरको सेयर मूल्य ५.३१ प्रतिशत, १० प्रतिशत एनआइएमबी डिभेन्चर २०९० को सेयर मूल्य ४.३५ प्रतिशतले र सानीमा जीआईसी इन्स्योरेन्सको सेयर मूल्य ३.८६ प्रतिशतले घटेको छ ।

आइतबार एनआरुएनए इन्फ्रास्टक्चर २७ करोड ९८ हजार रुपैयाँको कारोबार सहित सबैभन्दा बढी कारोबार गर्ने कम्पनीको शीर्ष स्थानमा रहेको छ । कारोबारमा आएका इकाई संख्याको आधारमा सिंगती हाइड्रो इनर्जी ६ लाख ९९९ इकाईको कारोबार सहित अग्र स्थानमा रहेको बजारमा कारोबार संख्याको आधारमा पनि सिंगती हाइड्रो इनर्जी १ हजार ५०९ पटकको कारोबार सहित शीर्षस्थानमा रहेको छ ।

मंगलबारको कारोबारसँगै कूल बजार पूँजीकरण ४३ खर्ब ३८ अर्ब ५६ करोड ८१ लाख ५८ हजार रुपैयाँ कायम भएको छ । सोमबार कूल बजार पूँजीकरण ४३ खर्ब ८४ अर्ब ७८ करोड ९८ लाख रुपैयाँ कायम भएको थियो ।

प्रकाशित मिति: १८ कार्तिक २०८२, मंगलबार  १५ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।