काठमाडौँ । स्थानीय बजारमा आज बुधबार सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोलामा १ हजार १०० रुपैयाँ र चाँदी तोलामा २५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला सुनको मूल्य २ लाख ३७ हजार २०० रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला २ लाख ३८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, बुधबार चाँदी प्रतितोला २ हजार ९९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार प्रतितोला चाँदी ३ हजार १५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ९७२.५१ अमेरिकी डलर र चाँदी ४७.७६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया