काठमाडौँ । निरञ्जन फुयाल एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कामु नायब प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएका उनलाई आजैबाट लागू हुने गरी सीईओमा नियुक्त गरिएको हो ।
एनआरएनको बुधबार बसेको सञ्चालक समितिको बैठकले फुयाललाई नियुक्त गर्ने निर्णय गरेको हो । उनको कार्यकाल चार वर्षको हुनेछ ।
एनआरएन इन्फ्रास्ट्रक्चरले सीईओ छनोटका लागि कमिटी बनाएर कात्तिक ७ गतेसम्म आवेदन खुला गरेको थियो । कम्पनीको सीईओका लागि फुयालले पनि आवेदन दिएका थिए । उनीसँगै सीईओ हुन आकांक्षा राखेर १० जनाभन्दा बढीले आवेदन दिएका थिए ।












प्रतिक्रिया