नेपाल राष्ट्र बैंकको प्रवक्तामा पौडेल


काठमाडौँ । नेपाल राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल तोकिएका छन् । राष्ट्र बैंकले बैंकका कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) गुरुप्रसाद पौडेललाई कात्तिक १९ देखि लागू हुने गरी बैंकको प्रवक्ता तोकेको हो ।

वि.सं. २०५८ सालमा बैंक सेवामा प्रवेश गरेका पौडेलको बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, बैंक सुपरिवेक्षण विभागलगायतको कार्यानुभव रहेको छ ।

हाल उनी मानव संसाधन व्यवस्थापन विभागमा कार्यरत छन् ।

प्रकाशित मिति: १९ कार्तिक २०८२, बुधबार  १५ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।