सेयर बजार परिसुचकमा दोहोरो अंकको सुधार, वित्त समूह ३ प्रतिशतले बढ्यो


काठमाडौं । बुधबार सेयर बजार परिसुचकमा दोहारो अंकको सुधार आएको छ । नेप्से परिसुचक १२.१७ अंकले बढेर २६०७.४२ अंकमा पुगेको हो । बुधबार कारोबारमा आएका ३१२ कम्पनीमध्ये १४९ कम्पनीको सेयर मूल्य बढ्दा ९० कम्पनीको सेयर मूल्यमा भने गिरावट आएको छ ।

बुधबार ४२ हजार ८७९ पटकको कारोेबारमा ९२ लाख १८ हजार ८१० कित्ता सेयरहरु ४ अर्ब ६८ करोड १९ लाख २२ हजार रुपैयाँमा किनबेच भएका छन् ।

मंगलबार नेप्से २७.६४ अंकले घटेर २५९५.२४ अंकमा पुग्दा कारोबार रकम ५ अर्ब १५ करोड ७ लाख ६८ हजार रुपैयाँ पुगेको थियो ।
बुधबार लगानी समूह सबैभन्दा बढी ३.४१ प्रतिशतले बढेको छ । अरु सबै समूह सामान्य बढ्दा होडल तथा पर्यटन समूह ०.४५ प्रतिशत र म्याचुअल फण्ड समूह ०.०५ प्रतिशतले घटेको छ ।

बुधबार माबिलुङ इनर्जी, उन्नती सहकार्य लघुवित्त, र नेपाल फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सम्पदा लघुवित्तको सेयर मूल्य ५.८६ प्रतिशतले बढेको बजारमा पिपुल्स हाइड्रोपावरको सेयर मूल्य ४.५८ प्रतिशतले बढेको छ ।

समग्र बजार बढेपनि फ्रस्ट माइक्रो फाइनान्स लघुवित्तको सेयेर मूल्य ७.४८ प्रतिशतले घटेको छ । अभियान लघुवित्तको सेयर मूल्य ४.६७ प्रतिशतले घटेको बजारमा विन्ध्यवासिनी हाइड्रोपावरकोे सेयर मूल्य ४.०८ प्रतिशत, ७.२५ प्रतिशत एसबीएल डिभेन्चर २०९१ को सेयर मूल्य ३.५१ प्रतिशत र सामुदायीक लघुवित्तको सेयर मूल्य ३.२९ प्रतिशतले घटेको छ ।

बुधबारको कारोबारसँगै कुल बजार पूँजीकरण ४३ खर्ब ६० अर्ब २७ करोड २५ लाख ८७ हजार रुपैयाँ कायम भएको छ । मंगलबार कुल बजार पूँजीकरण ४३ खर्ब ३९ अर्ब ९१ करोड ६२ लाख रुपैयाँ कायम भएको थियो ।

प्रकाशित मिति: १९ कार्तिक २०८२, बुधबार  १५ : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।