सागर डिष्टिलरीको शेयर नेप्सेमा सूचीकृत


काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सागर डिष्टिलरी लिमिटेडको शेयर सूचीकृत भएको छ।

कम्पनीले सर्वसाधारणमा जारी गरेको १४ लाख ५२ हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ५८ लाख ८ हजार कित्ता शेयर गरी कुल ७२ लाख ६० हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो। नेप्सेले कम्पनीलाई एसएजीएआर स्टक टिकर प्रदान गरेको छ।

पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई १०६ रुपैयाँ ५२ पैसादेखि ३१९ रुपैयाँ ५६ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। सोही रेञ्जका आधारमा आगामी आइतबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित दोस्रो बजारमा कम्पनीको शेयर कारोबार हुनेछ।

प्रकाशित मिति: २० कार्तिक २०८२, बिहिबार  १३ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।