तोलामा ६ सय रुपैयाँ बढ्यो सुनको भाउ


काठमाडौँ । स्थानीय बजारमा आज शुक्रबार सुनको मूल्य बढेको छ । शुक्रबार सुन तोलामा ६०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला सुनको मूल्य २ लाख ३८ हजार ४०० रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला २ लाख ३७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, शुक्रबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेसँगै प्रतितोला ३ हजार २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार प्रतितोला चाँदी ३ हजार १० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ००१.४३ अमेरिकी डलर र चाँदी ४८.६६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २१ कार्तिक २०८२, शुक्रबार  १२ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।