सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीमा गिरावट


काठमाडौँ । स्थानीय बजारमा आइतबार सुनको मूल्य सामान्य बढेको छ । आइतबार सुन तोलामा २०० रुपैयाँले बढेको हो । आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला सुनको मूल्य २ लाख ३८ हजार ६०० रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला २ लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यता, आइतबार चाँदी प्रतितोला ३ हजार १५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ३ हजार २० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ००१.२१ अमेरिकी डलर र चाँदी ४८.०३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २३ कार्तिक २०८२, आइतबार  १० : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।