निक्षेप तथा कर्जा सुरक्षण कोषले मुद्दती निक्षेपमा लगानी गर्दै


काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कोषले मुद्दती निक्षेपमा ४ अर्ब ६६ करोड रुपैयाँ लगानी गर्ने भएको हो ।

कोषले क वर्गको बैंकले मात्र निक्षेप स्वीकार गर्न पाउने जनाएको छ ।

कोषले एक सुचना निकालेर मुद्दती निक्षेपको रुपमा स्वीकार गर्न खोज्ने बैंकले सोमबार सम्म बोलपत्र पेश गर्ने आह्वान गरेको छ । कोषले मुद्दती निक्षेप स्वीकार गर्ने बैंक सञ्चालनमा आएको पाँच वर्ष पुरा भएको, पछिल्लो पाँच वर्षदेखि बैंक लगातार नाफामा रहेका लगायत शर्तहरु तोकेको छ ।

प्रकाशित मिति: २३ कार्तिक २०८२, आइतबार  ११ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।