बुङ्गल हाइड्रोको शेयर नेप्सेमा सूचीकृत


काठमाडौँ । बुङ्गल हाइड्रो लिमिटेडको शेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत भएको छ। आइतबार कम्पनीको ८३ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

शेयर सूचीकृत भएलगतै सोमबारबाट कम्पनीको शेयर कारोबार सुरु हुने भएको छ । सोमबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार हुने छ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १००.८८ रुपैयाँदेखि ३०२.६४ रुपैयाँसम्मको रेन्ज तोकेको छ। यस रेन्जबीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुन सक्ने छ। कम्पनीको शेयर बुङ्गल सिम्बलबाट कारोबार हुने छ।

कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ गत असोज २ गते बिहीबार बाँडफाँड भएको थियो । गत भदौ १६ गतेदेखि भदौ १९ गतेसम्म उक्त कम्पनीले आम सर्वसाधारणलाई १७ लाख १ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको थियो।

यस कम्पनीले बझांगमा १०.७ मेगावाट क्षमताको सानीगाड जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८० भदौ २ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ ।

प्रकाशित मिति: २३ कार्तिक २०८२, आइतबार  १५ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।