काठमाडौँ । मोदी इनर्जी लिमिटेडको नोक्सानी झनै चुलिएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको नोक्सानी गत वर्षको भन्दा झण्डै २ करोड रुपैयाँले बढेको हो ।
चालु आवको असोजमसान्तसम्म कम्पनी ३ करोड ११ लाख रुपैयाँ नोक्सानीमा पुगेको छ। कम्पनी गत आर्थिक वर्ष १ करोड ३१ लाख रुपैयाँ नोक्सानीमा रहेको थियो ।
विद्युत बिक्री आम्दानी घटेसँगै कम्पनीको नोक्सानी बढ्न पुगेको हो।
यता, समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानीमा पनि गिरावट आएको छ । कम्पनीको यस्तो आम्दानी १५ करोड ८२ लाख रुपैयाँबाट घटेर १० करोड ८६ लाख रुपैयाँमा सीमित भएको छ।
त्यस्तै, कम्पनीको कुल नाफा १४ करोड १७ लाख रुपैयाँबाट घटेर ८ करोड ९४ लाख रुपैयाँमा झरेको छ भने सञ्चालन मुनाफा १४ करोड २ लाख रुपैयाँबाट घटेर ८ करोड ८३ लाख रुपैयाँमा सीमित भएको छ।
कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ६८ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ५९ रुपैयाँ ७९ पैसा रहेको छ। चुक्ता पूँजी २ अर्ब ९० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोष १ अर्ब १६ करोड रुपैयाँ ऋणात्मक छ।










प्रतिक्रिया