विन्ध्यबासिनी हाइड्रोपावरको विद्युत बिक्री आम्दानी १०.४९ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?


काठमाडौँ । विन्ध्यबासिनी हाइड्रोपावरले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत १६ करोड ६४ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.४९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १५ करोड ६ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

विद्युत बिक्री आम्दानीसँगै कम्पनीको खुद नाफा पनि बढेको छ। कम्पनीको खुद नाफा ३६.३७ प्रतिशत बढेर ८ करोड ७१ लाख रुपैयाँ पुगेको छ भने वित्तीय खर्च भने ५.९५ प्रतिशत घटेर ३ करोड २२ लाख रुपैयाँमा सीमित भएको छ।

समीक्षा अवधिमा कम्पनीको कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ५१ पैसा बढेर ३० रुपैयाँ ८७ पैसा पुगेको छ । असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ११६ रुपैयाँ ८८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १७.६८ गुणा रहेको छ।

चुक्ता पूँजी १ अर्ब १२ करोड रुपैयाँ रहेको यस कम्पनीको अन्य इक्विटी १९ करोड ७ लाख रुपैयाँ रहेको छ।

प्रकाशित मिति: २४ कार्तिक २०८२, सोमबार  ०८ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।