तोलामा २१ सय रुपैयाँले घट्यो सुनको भाउ


काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको भाउ घटेको छ । बुधबार सुनको मूल्य तोलामा २ हजार १०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला सुनको मूल्य २ लाख ४४ हजार ३०० रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला २ लाख ४६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । बुधबार चाँदी तोलामा ५ रुपैयाँले बढेको हो । बुधबार चाँदी प्रतितोला ३ हजार १७५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला ३ हजार १७० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार १११.१६ अमेरिकी डलर र चाँदी ५१.०७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २६ कार्तिक २०८२, बुधबार  १० : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।