हिमालयन डिष्टिलरीको खुद नाफामा ५४.६१ प्रतिशतको गिरावट


काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म हिमालयन डिष्टिलरी लिमिटेडको खुद नाफा घटेको छ ।

कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण कम्पनीको ५४.६१ प्रतिशत घटेको हो । चालु आर्थिक वर्षको ३ महिनासम्म कम्पनीको नाफा घटेर ९ करोड २ लाख रुपैयाँमा सीमित भएको छ।
गत आर्थिक वर्षको पहिलो तीन महिनासम्ममा कम्पनीको खुद नाफा १९ करोड ८८ लाख रुपैयाँ रहेको थियो ।

यता, कम्पनीले असोज मसान्तसम्ममा १ अर्ब ७ करोड रुपैयाँबराबरको बिक्री आम्दानी गरेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २७.६४ प्रतिशत घटेको हो। गत वर्ष कम्पनीले १ अर्ब ४८ करोड रुपैयाँबराबरको कुल बिक्री आम्दानी गरेको थियो । बिक्री आम्दानी घटेसँगै कम्पनीको खुद नाफा पनि घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १८ रुपैयाँ २ पैसा घटेर ११ रुपैयाँ ७५ पैसामा सीमित भएको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १३८ रुपैयाँ ४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १११.५२ गुणा रहेको छ।

चुक्ता पूँजी ३ अर्ब ७ करोड ३४ लाख रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा १ अर्ब १८ करोड रुपैयाँ सञ्चित छ।

प्रकाशित मिति: २७ कार्तिक २०८२, बिहिबार  ०७ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।