साताको कारोबारको अन्तिम दिन बढ्यो नेप्से, ३ अर्बको कारोबार


काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार नेप्से बढेको छ । बिहीबार नेप्से १.१३ अंकले बढेर २५४५.७३ अंकमा पुगेको हो ।

बिहीबार ५० हजार ६२१ पटकको कारोबारमा ७६ लाख ५ हजार ५८४ कित्ता सेयरहरु ३ अर्ब ४९ करोड ९८ लाख २१ हजार रुपैयाँमा किनबेच भएका छन् ।

बुधबार नेप्से २०.५६ अंकले घटेर २५४४.५९ अंकमा पुग्दा कारोबार रकम ३ अर्ब ८४ करोड ८५ लाख ८६ हजार रुपैयाँ कायम भएको थियो ।

बिहीबार माबिलुङ इनर्जी र स्वेत गंगा हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सागर डिस्टीलरी र बुङगल हाइड्रोको सेयर मूल्य ९.९९ प्रतिशतले बढ्दा बन्दीपुर केबलकारको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ ।

यता, नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्य ४.८२ प्रतिशतले घटेको छ । एनएमबी सुलभ इन्भेष्टमेन्ट २ को इकाई मूल्य ३.८३ प्रतिशतले घट्दा स्टर्न हाइड्रोपावरको सेयर मूल्य ३.७० प्रतिशत, बेष्ट फाइनान्सको सेयर मूल्य ३.१८ प्रतिशत र सुपर मादी हाइड्रोपावरको सेयर मूल्य २.५० प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा हिमालयन पावर पाटनर १६ करोड ८० लाख ४३ हजार रुपैयाँको कारोबार सहित शीर्षस्थानमा रहेको छ । कारोबारमा आएका इकाई संख्याको आधारमा पनि हिमालयन पावर पाटनर ३ लाख ३९ हजार ३६ इकाईको कारोबार सहित अग्रस्थानमा रहेको छ । कारोबार संख्याको आधारमा दरमखोला हाइड्रो ५ हजार ३८९ पटकको कारोबार सहित शीर्षस्थानमा रहेको छ ।

बिहीबारको कारोबारसँगै कूल बजार पूँजीकरण ४२ खर्ब ७३ अर्ब १४ करोड ७६ लाख रुपैयाँ कायम भएको छ । बुधबार बजार पूँजीकरण ४२ खर्ब ७१ अर्ब २४ करोड ५ लाख रुपैयाँ कायम भएको थियो ।

प्रकाशित मिति: २७ कार्तिक २०८२, बिहिबार  १५ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।