५० रुपैयाँका ४२ करोड नोट छाप्दै राष्ट्र बैंक


काठमाडौँ । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका ४२ करोड थान नोट छाप्ने भएको छ । राष्ट्र बैंकले नोट छाप्नका लागि चिनियाँ कम्पनी ‘चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन’ सँग सम्झौता गरेको छ ।

राष्ट्र बैंकले आह्वान गरेको अन्तर्राष्ट्रिय बोलपत्र प्रक्रियामा सबैभन्दा कम मूल्यमा प्रस्ताव पेस गर्ने उक्त कम्पनी छनोट भएको जनाइएको छ ।

सम्झौता अनुसार उक्त कम्पनीले ५० रुपैयाँ दरका ४२ करोड थान नोटको डिजाइन, छपाइ र आपूर्ति गर्ने छ । यसका लागि राष्ट्र बैंकले उक्त कम्पनीसँग एक करोड चार लाख २२ हजार ५३५.२१ अमेरिकी डलर (हालको विनिमय दर अनुसार करिब एक अर्ब ४८ करोड रुपैयाँ) मा सम्झौता गरेको जनाएको छ । नयाँ नोटको डिजाइन भने राष्ट्र बैंकको स्वीकृत नीति अनुसार तय गरिने बताइएको छ ।

प्रकाशित मिति: २८ कार्तिक २०८२, शुक्रबार  ०८ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।