सागर डिष्टिलरीको खुद बिक्री आम्दानी २ करोड ७६ लाख रुपैयाँ


काठमाडौँ । सागर डिष्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म २ करोड ७६ लाख रुपैयाँ खुद बिक्री आम्दानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो १३५.१७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी १ करोड १७ लाख रुपैयाँ थियो।

आम्दानी बढेसँगै कम्पनीको नोक्सानी घटेको छ। असोज मसान्तसम्म कम्पनीको कुल नाफा १९८.८८ प्रतिशत बढेको छ । चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ करोड ५३ लाख रुपैयाँ नोक्सानीमा रहेको छ।

गत आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा कम्पनी १ करोड ७५ लाख रुपैयाँ नोक्सानीमा रहेको थियो । कम्पनीको कुल सञ्चालन आम्दानी ५.१० प्रतिशत बढेर २ करोड १ लाख रुपैयाँ पुगेको छ ।

असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ४४ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ ४७ पैसा रहेको छ।

चुक्ता पूँजी ७२ करोड ६० लाख रुपैयाँ रहेको कम्पनीको अन्य इक्विटी २१ करोड ८६ लाख रुपैयाँ रहेको छ।

प्रकाशित मिति: ३० कार्तिक २०८२, आइतबार  १० : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।