सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । आज सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला सुनको मूल्य २ लाख ४३ हजार ३०० रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । सोमबार चाँदी प्रतितोला ३ हजार १५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला ३ हजार १३५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ०७५.४१ अमेरिकी डलर र चाँदी ५०.८१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १ मंसिर २०८२, सोमबार  ११ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।